एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालयको बैठक बस्दै, भीम रावल पनि सहभागी हुने

  २०७७ जेठ ३२ गते ११:१७     विकासन्युज

काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे ।

बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने तयारी भएको नेकपा स्रोतले जनाएको छ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.