२०७७ जेठ ३२ गते १३:३१ विकासन्युज
काठमाडाैं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने अझै १ बेपत्ता छन् । घर माथिवाट आएको पहिरोले दुई घर पुरिँदा २ परिवारका ९ जना सदस्य पुरिएका थिए ।
पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकलगायत ८ जनाकाे शव भेटिएकाे कुश्मा नगरपालिका उपप्रमुख शान्तीकुमारी काफ्ले लामिछानेले बताइन् ।
शनिबार परेकाे मुसलधारे बर्षादका कारण पहिराे गएकाे र पहिराेले २ घर र पशुचाैपाय तथा घरका सदस्य सबै लगेकाे थियाे । राती नै स्थानिय तथा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल उद्धारलाई खटिरहेका छन् । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए ।
शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको उपप्रमुखले जानकारी दिइन ।
सम्बन्धित समाचार :
Copyright © 2024 Bikash Media Pvt. Ltd.