कर पारदर्शी बनाउन ‘सिंगल ट्याक्स पेयर नम्बर’ को तयारी गरिँदै (भिडियाेसहित)

  २०७७ जेठ ३२ गते १४:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले करलाई पारदर्शी बनाउन ’सिंगल ट्याक्स पेयर नम्बर‘ को तयारी भइरहेकाे बताएका छन् ।

आइतबार बसेकाे प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले साे कुरा बताएका हुन् ।

‘एक ब्यक्तिले ब्यापार गरेर कति कर तिरे, आय कर कति तिरे, अरु ब्यवसाय के के गरे भन्ने सबै जानकारी समेट्ने गरि आन्तरिक गृहकार्य भइरहेकाे छ, सिंगल करदाता एक ट्याक्सपेयर नंबर’ लागु गर्न चुनौती रहे पनि सरकारले योजना अघि सारेको छ,’ उनल ेभने ।

बैठकमा नेपाली काँग्रेसका नेता मिनेन्र रिजालले कर पारदर्शी बनाउन एक कर दाता एक ट्याक्स पेयरकाे व्यवस्था किन गर्न नसकेकाे भन्दै प्रश्न गरेका थिए ।

Yubraj Khatiwada 2

कर पारदर्शी बनाउन ‘सिंगल ट्याक्स पेयर नम्बर’ को तयारी गरिँदै

Gepostet von Bikashnews.com am Sonntag, 14. Juni 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.