काठमाडाैंमा लकडाउन थप कडाई, पालिकाको सिफारिसबिना प्रवेश गर्न नपाइने

  २०७७ जेठ ३२ गते १५:०२     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि सम्बन्धित पालिकाको अनुमति अनिवार्य गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिका/गाउँपालिकाको अनुमति चाहिने व्यवस्था गरेकाे छ ।

काठमाडाैं प्रवेशका लागि सम्बन्धित पालिकाले अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

जिल्ला प्रशानसन कार्यालय काठमाडाैंले काेराेनाकाे संक्रमण जोखिम बढ्दै गएसँगै  यात्राकाे कारण पुष्टि गर्ने कागजात हेरेर पास दिन सक्ने गृह मन्त्रालयकाे निर्णय छ ।

त्यसैगरी उपत्यका बाहिर जाने पर्ने  काम खुल्ने कागजात पेश गरेमा तत्काल पास दिने निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.