प्रदेश १ काे ४० अर्ब ८९ कराेडकाे बजेट प्रस्तुत, मुख्य प्राथमिकतामा कृषि

  २०७७ असार १ गते १७:२७     विकासन्युज

काठमाडाैं । प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँकाे बजेट विनियोजन गरेको छ । प्रदेशले बजेटकाे चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ  र पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियाेजन गरेकाे छ । प्रदेशले वित्तिय व्यवस्थापन तर्फ ४ करोड बिनियोजन गरेकाे छ ।

प्रदेशले निर्ब्याजी कृषि उद्यम कर्जा पनि दिने व्यवस्था गरेको छ । दिनका लागि मेरो कृषि मेरो पौरखको नारा अघि बढाउँदै कृषिमा आत्मनिर्भर बनाउँन व्यावसायकि कृषिका लागि १२ करोड विनियोजन गरेको छ । प्रदेशको १२ केन्द्रमा कृषि उपज बैंकको पनि व्यवस्था गरिने भएको छ ।

लसुन प्याज स्वदेशमै उपलब्ध गराउँन प्रोत्साहन रकमका लागि समेत बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक फलफुल कार्यक्रमलाई अघि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.