कार्यालय २ सिफ्टमा सञ्चालन गर्ने मन्त्रिपरिषद्काे निर्णय सरकारी कार्यालयले नै मानेनन्

  २०७७ असार २ गते १५:३३     राजाराम न्यौपाने

काठमाडौं । मन्त्रिपरिषद्ले सरकारी कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने निर्यण गरे पनि धेरै सरकारी कार्यालयले त्यसकाे पालना गरेका छैनन् । गत साता बसेकाे मन्त्रिपरिषद्काे बैठकले असार १ गते देखि सबै सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकाे थियाे ।

कुनै सरकारी कार्यालयले कर्मचारी अभाव जनाउँदै १ सिफ्टमा सञ्चालन गर्न पनि कठिन भएका बताएका छन् भने कतिले यातायातकाे समस्या जनाउँदै २ सिफ्टमा कार्यालय चलाउन असम्भव भएकाे अधिकारीहरूले बताएका छन् ।

सार्वजनिक सवारी साधान नचल्ने,  निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू  भएकाे र  दुई पाङ्ग्रे सवारीमा १ जना मात्रै यात्रा गर्न पाउने व्यवस्थाले पनि कर्मचारीहरूलाई कार्यालय पुग्ने र घर फर्कन कठिन भएकाे अधिकारीहरूकाे भनाइ छ ।

सेवाग्राहीकाे भीड लाग्ने कम्पनी रजिष्ट्रार कार्यालय दुई सिफ्टमा सञ्चालन हुन सकेको छैन । पहिलेकै समयमा नै कार्यालय सञ्चालन भहिरहेको छ । कार्यालयमा दरबन्दी मध्ये ५० प्रतिशत मात्रै कर्मचारी भएको र ती ५० प्रतिशत कर्मचारी पनि गाउँबाट काठमाडौं आउने प्रक्रियामा रहेको कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दाहालले बताए ।

सबै कर्मचारीसँग सवारीसाधन नभएको र कति कर्मचारीहरुलाई साधन चलाउन नजानेको कारणले परिवारका सदस्यले ल्याएर कार्यालय ल्याएर छोड्नु पर्ने अवस्था छ । तर सरकारले नै दुई पाँगे सवारीमा एक जनामात्रै यात्रा गर्ने भनेर गरेको निर्णयले समस्या परेको दाहालले तर्क छ ।

‘बिहाल ९ देखि १० बजे भित्र कार्यालाय खुल्छ, बेलुका करिब ५ बजे बन्द हुन्छ, पहिले देखि नै यस कार्यालयमा कर्मचारी कम छन्, भएकाहरु मध्ये पनि केही गाउँ तिर गएको कारणले पनि १ सिफ्टमा मात्रै कार्यालय सञ्चालन भएको हो, कर्मचारी नै थोरै भएको कारणले नै दुई सिफ्टमा कार्यालय सञ्चालन हुन नसकेको हो,’ दाहालले भने । कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ कम्पनी दर्ता, नविकरण र अध्यावधिक गराउने सेवाग्राहीको कारणले भिडाभाड हुने गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले भने सबै कार्यालयहरु २ सिफ्टमा नै सञ्चालन भइरहेकाे दावी गरे ।

स्थानीय तहको निर्णयले बन्द गर्ने भनेका कार्यालय बन्द बाहेकका सबै कार्यालय सञ्चालन भएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनाराण पौडेलले जानकारी दिए । अन्य कार्यालयहरु भन्दा अघि मलपोतहरु खुलेकाले पनि पूर्णरुपामा बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भएको पाैडेलले बताए ।

‘कार्यालय सञ्चालका लागि सबै भन्दा ठूलो समस्या भनेको कर्मचारी कार्यालय आउन नै हो, यो विषयमा महिले सचिवसँग पनि कुरा गरेको छु, सबै कर्मचारीलाई दुई पाँगे सवारी चलाउन आउदैन, बीच बाटोमा कार्यालयको कर्मचारी हो भन्दा पनि माथिको आदेश भन्दै ट्राफिकले बीच बाटोमा नै झारिदियो, अब के गर्ने सर भन्ने गरेका छन्, आवत जावतमा नै सबैभन्दा धेरै समस्या छ,’ पौडेलले भने ।

स्थानीय प्रशासनले बन्द गराएका रौतड, सर्लाही र बर्दियको मालपोत कार्यालय भने बन्द रहेको पौडेलले बताए ।

उद्योग विभाग भने २ सिफ्टमा सञ्चालन भहिरहेको छ । उद्योग विभाग बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भहिरहेको सूचना अधिकारी विनेद खड्काले बताए । तर कर्मचारी कार्यालय आउन भने समस्या रहेको उनले बताए ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले वैदेशिक रोजगा विभाग दुई सिफ्टमा सञ्चालन सुरु भएको बताए । सरकारको निर्णय अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भहिरहेको गुरागाईले बताए ।

यातायात विभागका सूचना अधिकारी तिर्थराज खनालले यातायात विभाग ८/८ घन्टाको फरका ३ सिफ्टमा सञ्चालन भएको बताए । तर अन्य यातायात कार्यालय भने प्रदेश यातायात कार्यालयको निर्देशन अनुसार सञ्चान हुने खनालले बताए ।

बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा गत सोमबारबाट दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार सबै मन्त्रालयले आफ्नो मतहका कार्यालयहरुलाई दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको कार्यालय महानिर्देशकहरु बताउछन् ।

सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उपत्यका भित्र नै भएका कर्मचारीहरुलाई पनि जोरबिजोर प्रणाली, चार पाँग्रे सवारीमा चलक सहित ३ जना र दुई पाँगे सवारीमा एकजना मात्रै सवार हुने नियमले समस्या परेको बताउछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.