२०७७ असार ३ गते १०:३२ विकासन्युज
काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन् ।
प्रधानसेनापतिसहितको टोली सेनाले निर्माण गरिरहेको घोरेटो बाटो, सेनाको अस्थायी बेस क्याम्प, सशस्त्र प्रहरीले स्थापना गरेको बीओपीलगायतको औपचारिक निरीक्षण गर्न दार्चुलातर्फ प्रस्थान गरेको गृह मन्त्रालयले जानकारी दिए ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणमा उनीहरू गएका हुन् ।
दार्चुलाको कालापानी नजिकैको छागंरुमा सशस्त्र प्रहरीले स्थापना गरेको बीओपी र सेनाको अस्थायी बेस क्याम्पको निरीक्षणमा बिहानै दुवै सुरक्षा निकायका प्रमुखहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.