२०७७ असार ४ गते ८:२३ विकासन्युज
काठमाडौं । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा नगरपालिका–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको विकको पीसीआर परीक्षणका लागि जेठ २५ गते नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । ११ दिनपछि बुधबार पीसीआर रिपोर्ट आएको थियो भने उनले मंगलबार राती नै आत्महत्या गरेका थिए ।
उनी गत जेठ १० गते भारतबाट आइपुगि स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।
यस अगाडी सुर्खेतको क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाले पनि आत्महत्या गरेकी थिइन् । परिवारसहित भारतबाट आएकी उनलेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.