सुर्य ग्रहणकाे बेला यी ५ काम गर्नुस् शुभ हुन्छ

  २०७७ असार ७ गते ११:५०     विकासन्युज

काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लागिरहेकाे छ । बिहान १०ः५० बजेदेखि सुरु भएकाे सुर्य ग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने बताइएकाे छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

यी काम गरे शुभ हुने: 

१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।

२. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।

३. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।

४.ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।

५ . ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.