हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा पहिरो, हटाउन शुरु

  २०७७ असार ८ गते १०:१४     विकासन्युज

हेटाैंडा । हेटौंडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए ।

लमजुङ– पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ । शनिबार बिहानबाट गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट पुनः शुरु भए पनि आज बिहान यस सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, “सडक अवरुद्ध भएपछि यतिबेला स्काभेटरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।

सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिस रोकिएको उनले भनाइ छ । सडक कति बेला शुरु हुने भनेर यकिन भन्न नसकिने प्रहरीको भनाइ छ । बेँसीशहर–चामे कच्ची सडक ६५ किलोमिटरको रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.