सरिता गिरीलाई कारबाही गर्ने वा नगर्नेबारे छलफल गर्न समाजवादी पार्टीको बैठक बस्दै

  २०७७ असार ८ गते १३:३६     विकासन्युज

काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरितालाई कारवाही गर्ने वा नगर्ने भन्ने सम्बन्धमा छलफल गर्न समाजवादी पार्टीको बैठक बस्ने भएकाे छ ।पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सांसद गिरी प्रकरणमा छलफल हुने बताइएको हाे।

नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले सचिवालयमा संशोधन दर्ता गराएकी गिरीमाथि के कस्ताे कारवाही गर्ने भन्ने बारेमा पार्टीले छलफल गर्ने बताइएकाे छ ।

उनलाई यसअघि नै संसदीय दलबाट कारवाही गर्ने तयारी भइसकेको थियो ।संसदबाट निलम्बन र पार्टीका साधारण सदस्यबाट समेत हटाउने गरी कारवाही गर्न पत्र तयार भइसकेको थियो तर त्यसमा संसदीय दलको प्रमुख सचेतक उमाशंकार अरगरियाले हस्ताक्षर गर्न नमानेपछि तत्कालका लागि कारवाही टरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.