२०७७ असार ९ गते १०:५९ विकासन्युज
काठमाडाैं । मंगलबार अष्ट्रेलियाबाट पहिलो ‘उद्धार’ उडान काठमाडाैं आउने भएकाे छ । नेपाल एयरलाइन्सको जहाजमा २ सय ५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् ।
नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । उक्त जहाजले लकडाउन आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया गएका अभिभावक ल्याउने छ । सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु अष्ट्रेलियाबाट साेही जहाजमा काठमाडाैं आउने छन् ।
नेपाल फर्किने सबैको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हुनु पर्नेछ । नेपाल आइपुगेका सबै यात्रुलाई होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टाइनमा पठाइनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.