प्रधानमन्त्री ओलीले ५ करोड रुपैयाँको गाडी किन्न लागेका हुन् ?

  २०७७ असार ९ गते १५:०६     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ करोडको गाडी किन्न लागेको खबरबारे प्रश्न उठाएका छन् । रिजालले प्रधानमन्त्रीका लागि खरिद गर्न लागिएको गाडिबारे गृहमन्त्रीसँग जवाफ मागेका हुन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रिजालले गाडी खरिद प्रक्रिया कोरोना महामारीका कारण फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर प्रकाशन भएसँगै उक्त प्रश्न उठाएका हुन् ।

‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?’ उनले भने ।
देशमा कोरोनाले महामारीको रुप लिइरहेको बेला प्रधानमन्त्रीले फजुल खर्च गर्न लागेको उनको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.