काठमाडौंमा कोरोना: १ जनाकाे मृत्यु, ६३ जना संक्रमित, ३० जना डिस्चार्ज

  २०७७ असार ९ गते १६:५६     डोमी शेर्पा

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म ३० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा‍. समिर कुमार अधिकारीले बताएका छन् ।

मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार हाल उपत्यकाका ३३ जना भने उपचारको क्रममा रहेका छन् । जसमध्ये काठमाडौंको १७ जना, भक्तपुरको ११ जना र ललितपुर जिल्लाको ५ जना रहेका छन् ।

त्यस्तै, कूल ३३ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । जसमा काठमाडौंका २४ जना, भक्तपुरका ५ जना र ललितपुरका १ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार उपत्यकामा एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । उनी ललितपुर जिल्लाका हुन् ।

काठमाडौंमा उपत्यका र उपत्यकाबाहिरको गरेर उपचारको क्रममा ५१ जना

हाल उपत्यका बाहिरका १८ जनाको काठमाडौंमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । यससँगै उपत्यका र उपत्यका भित्र बाहिरका गरेर हाल काठमाडौंमा ५१ जना उपचारको क्रममा रहेका छन् । उनीहरूकाे काठमाडौंका ४ अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेकाे अधिकारीले बताए ।

‘काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल र बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा यी ५१ जनाकाे उपचार भइरहेकाे छ।’ उनले थप जानकारी दिए ।

हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै ३२ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना, बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५ जना र त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालम ३ जना संक्रमितको उपचार भईरहेको सम्बन्धित अस्पतालले जनाएको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बैशाख ११ गते कोरोना संक्रमित मुक्त भएकाे थियाे काठमाडौं

बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो ।

त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए ।

चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् ।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए ।

यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ६३ पुगेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.