२०७७ असार ९ गते १८:४३ विकासन्युज
काठमाडाैं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन दिएकाे छ । मन्त्रालयले काठमाडाैं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर साे निर्देशन दिएकाे हाे ।
पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै मन्त्रालयले साे निर्देशन दिएकाे हाे । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.