प्रतिनिधिसभामा भन्सार विधेयक पेश

  २०७७ असार ९ गते २०:४७     विकासन्युज

काठमाडौं ।  प्रतिनिधिसभाको आजको वैठकमा ‘भन्सार विधेयक, २०७७’ पेश भएको छ । वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पेश गरेका हुन् । त्यसअघि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री डा खतिवडाले अन्तरराष्ट्रियस्तरको भन्सार प्रणाली विकास गर्न विधेयक प्रस्तुत गरिएको बताए । उनले नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले अन्तरराष्ट्रिय व्यापारको सिद्धान्त र कार्यविधि अनुरुप नेपालको भन्सारलाई अध्यावधिक गर्नुपर्ने तथा भन्सार छुटजस्ता विषयलाई विधेयकले सम्बोद्धन गरेको उल्लेख गरे ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको पाँच विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देशको जानकारी गराएका थिए । ती विधेयकमा ‘विनियोजन विधेयक, २०७७’, ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ रहेका छन् ।

त्यस्तै बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को वैठक यही असार १७ गते अपरान्ह १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.