२०७७ असार १० गते २०:०० विकासन्युज
काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा सुधा देवकोटा पाएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका हुन् ।
महाशाखाको जिम्मेवारी सम्हालिरहेका डा रमेश खरेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएपछि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुखविहीन थियो।
Copyright © 2024 Bikash Media Pvt. Ltd.