कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सल्यान अस्पताल बन्द

  २०७७ असार १० गते २०:१७     विकासन्युज

सल्यान । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सङ्क्रमण न्यूनीकरणका लागि सेवा बन्द गरिएको हो ।

यही असार ५ गते अस्पतालका सात स्वास्थ्यकर्मीको स्वाब संकलन गरी सुर्खेत पठाइएकामा एक स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.