नेपाल छिर्‍यो सलह किरा, कृषिमन्त्रालयका अधिकारीहरू छलफलमा 

  २०७७ असार १३ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपालका केहि स्थानमा सलह किरा देखा परेपछि कृषिमन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् ।

सर्लाही र बाराका केही स्थानमा सलह किरा देखिएको खबरपछि कृषिमन्त्रालयका विज्ञसहितको टोलीसँग भर्चुअल छलफलमा जुटेका हुन् । प्रदेश २ का प्राविधिकहरु पनि उक्त छलफलमा सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले बताए ।  नेपालकाे तराइ क्षेत्रमा किरा प्रवेश गरेसँगै समाधानका लागि थप बुझ्ने कार्य भइरहेको पनि बताए ।

उनले भने, ‘ हाल देखिएकाे सलह कीरा  त्यो वास्तवमा हो कि होइन निश्चित गर्नका लागि प्राविधिक टोली खटाएकाे छ ।’  बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा अनुसन्धान टाेली खटाएका छन् ।

पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिए पनि कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान लगाएका छन् ।

भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने डा. केसीले बताए । नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफलमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.