२०७७ असार १४ गते १५:०२ विकासन्युज
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा छापेर संविधान संशोधन गरेबापत आफूलाई हटाउने खेल भएको टिप्पणी गरेका छन् । जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउन खाेजिएकाे बताएका हुन् ।
‘नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ,’ उनले भने ।
उनले थपे ‘विभिन्न आग्रह नपाले पनि हुन्छ, मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.