२०७७ असार १४ गते २२:५५ विकासन्युज
काठमाडाै । भाेलि हुने भनिएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ को महामारीका कारण निर्वाचन स्थगित भएको बताइएकाे छ ।
कोभिड महामारीको असरका बीच २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले जानकारी दिएको छ ।
सोमबार हुने निर्वाचनमा कृष्ण आचार्य र सूर्यप्रसाद अधिकारीको प्यानल प्रतिस्पर्धा घाेषणा गरिएकाे थियाे । सहमतिमा नेतृत्व तथा पदाधिकारी चयन गर्ने प्रयास भए पनि अन्तिम समयमा सम्भव नभएपछि दुवै पक्ष निर्वाचनमा जाने निर्णय गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.