२०७७ असार १८ गते १२:३८ विकासन्युज
काठमाडौं । राइड सेयर कम्पनि टुटल र पठाओले आफ्नो सेवा सुचारु गरेका छन्। करिब ३ महिनाबढि पछि यि राईड सेयर कम्पनिले सेवा सुचारु गरेका हुन् ।
याे समयमा अस्पताल जान समस्या हुने साथै अरु अति आवश्यक कामकाे लागि जाने व्यक्तिहरुलाई विशेष फाेकस गर्दै सेवा सुचारु गरेकाे पठाओका रिजनल डिरेक्टर असिम मान सिंह बस्नेतले बताए ।
सिमित राईडरहरुलाई बाेलाएर सेवा सुरु गरिसकेकाे उनले जानकारी दिए । राईडरहरुलाई सुरक्षा पाेसाकसँगै ग्राहकहरुकाे लागि स्यानिटांईजरकाे व्यवस्था पनि गरेकाे उनले बताए ।
सरकारले लकडाउन खकुलाे गर्दै जेठ ३० गतेदेखि निजि सवारीसाधनमा जाेड बिजाेड प्रणालीमा चलाउन दिएकाे थियाे । बाईकमा एकजना मात्र बस्न पाईने भन्दै आ पनि हाल उपत्यकामा त्यसलाई खासै कडा गरिएकाे छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.