२०७७ असार १९ गते ७:५२ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि बिहीबारदेखि पुन: श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु गरिएको हो । कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्रालयले मापदण्ड तयार गर्नुका साथै बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको महानिर्देशक दाहालले बताए ।
आफूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएसँगै पुनः श्रम स्वीकृति दिन सुरु गर्ने स्वीकृति दिएको जनाएका छन् । मन्त्रालयले तत्काल अवस्थालाई मध्यनजर गरेर पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरिएको र नयाँलाई आवश्यकताका आधारमा मात्र खोल्न सकिने प्रावधान रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.
Aadarniya Daju Bhai tatha Didi Bahini haru ma namaskar
50 %chhut (discount) ma sabai desh ko baidesik rojgar medical ko lagi hardik anurodh chha
Farkinu parema chhyati purti paunu hunchha (sarta haru lagu hunechha)
Golden Gate Polyclinic & Diabetes Center Pvt Ltd
Phone 01 5190408 /9851135086