बझाङ पहिरो अपडेटः ठूलाे मानवीय क्षतिकाे अनुमान, १७ घर पुरिए, उद्दारमा कठिनाई

  २०७७ असार २० गते १०:४४     विकासन्युज

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमो गाउँमा पहिरोकाे कारण ठूलाे मानवीय क्षति भएकाे अनुमान गरिएकाे छ । पहिराेमा परेर करिब २५ जना वेपत्ता भएको अनुमान गरिएकाे छ । गाउँपालिकाकी अपाध्यक्ष निशा धामीले पहिरोको कारण ठूलो मानवीय र भौतिक क्षति भएको हुन सक्ने जानकारी दिएकी हुन् ।

तर, अहिलेसम्म त्यहाँ सुरक्षा निकाय र जनप्रतिनिधि पुग्न सकेका छैनन् । पहिरोले बाटो समेत बगाएका कारण त्यहाँ पुग्न कठिनाई भइरहेको उनले जानकार दिइन् । घटनास्थल गइरहेकी गाउँपालिकाकी उपाध्यक्ष धामीले विकासन्युज सँग भनिन्, ‘स्थानीयसँग कुरा गर्दा करिब २५ जना बेपत्ता भएको जानकारी आएको छ, १७ घर बगाएको छ, यसले पनि हामीले ठूलो मानवीय क्षति भएको अनुमान गरेका छौं ।’

उनलाई स्थानीयले दिएको जानकारीका अनुसार गएराति १ बजेतिर माटोसंगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरुको भागा भाग भएको थियो । अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँको वरिपरि दुई वटा खोलामा पानी बढी भएकाले प्रहरी समेत जान सकेको छैन ।

जिल्लाका प्रहरी नायब उपरिक्षक गणेश बम नेतृत्वकाे टाेलीसहित ससस्त्र प्रहरीको टोली सदरमुकाम चैनपुरबाट घटना स्थलतर्फ गइरहेकाे छ । क्षतीको आधिकारीक बिबरण अहिलेसम्म आउन नसकेको उनले बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.