एमसीसीबारे अर्थमन्त्री भन्छन्: कि सम्झौता नै गर्नु पर्थेन, अब पालना गर्नुपर्छ

  २०७७ असार २० गते १४:०५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता पालना हुनु पर्ने धारणा राखेका छन् । उनले रासससँग कुराकानी गर्दै नेपालले एमसीसी पालना गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले कुराकानीमा भनेका छन्, ‘सरकार यसमा स्पष्ट छ , हामीले सम्झौता ग¥यौ, यसमा अझै राम्रो गर्न सकिन्थ्यो होला, यसमा बहस गरिरहेका छौँ । सरकारको निरन्तरताका हिसाबले पनि सम्झौता गरेपछि पालना गर्नुपर्छ ।’

अन्तरर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसलाई हामीले ठूलै कारण नभई खारेज गर्न नहुने उनले धारणा राखेका छन् । ‘सम्झौतामा भएका कतिपय कुरामा कुरा बुझिएको छैन, चित्त बुझ्दो भएन भने पत्रको आदानप्रदान (लेटर अफ एक्सचेञ्ज) बाट गर्ने कुरा त विगतदेखि नै हुँदै आएको छ, उनले भने, ‘यो कुरा त्यसरी गर्न सकिन्छ ।’

यस परियोजनामा सरकारको स्वामित्व कति हो भन्नेबारेमा सरकरा स्पष्ट नै भएको बताउँदै उनले मुख्य कुरा विश्वास भएको धारणा राखेका छन् । उनले एमसीसीको विषयलाई लिएर सरकारलाई सहयोग गर्ने वा असहयोग गर्ने विषयमा संयोग मिलेको हुन सक्ने धारणा राखेका छन् ।

One comment on "एमसीसीबारे अर्थमन्त्री भन्छन्: कि सम्झौता नै गर्नु पर्थेन, अब पालना गर्नुपर्छ"

  • ज्योति says:

    चित्त नबझेको कुरामा छलफल गरेर समाधान खोज्न सकिएला तर MCC लत्याएर देश र जनतालाई अप्ठेरो पार्ने काम नहोस्।MCC पास नगरेर भावी पुस्तालाई आफ्नो अकर्मण्यताको ब्याज तिर्न पर्ने कार्य नगरौं।पासै नगर्नेनै हो भने संसदबाटै गर्हौ टण्टै साफ।वर्षौं मिहनत गरेर ल्याएको यत्रो सहयोगमा राजनीति गर्नेहरू सर्पको खुट्टा देख्ने परे, अझ चीन घेरेको र अमेरिकी आर्मी काठमाडौंमा देखि सके, अझ के के देख्ने हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.