यातायात मजदुरका समस्या सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

  २०७७ असार २४ गते १५:४४     विकासन्युज

काठमाडाैं । यातायात क्षेत्रका मजदुरहरुले आफ्ना समस्या सम्बोधन नभए आन्दाेलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका हुन् ।

बुधबार विकास तथा प्रविधिसमितिमा भएको छलफलमा उनीहरुले साे कुरा राखेका हुन् । लकडाउन भएको १ सय ७ दिन बितिसक्दा पनि यातायात मजदुरहरुका समस्या सरकारले नसुनेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उनीहरुकाे भनाई छ । अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने बताए ।  उनले मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, विमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने बताए ।

यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नीजि क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको बताउँदै १ सय ७ दिनसम्म लकडाउन हुँदा घरमा चुलो नै बल्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.