२०७७ असार २८ गते १७:१६ विकासन्युज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ हजारकाे नमुना संकलन सुरु गरेकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सरकारले असार २५ गतेदेखि ४५ हजार जनाकाे नमुना संकलन सुरु गरिसकेकाे बताएका छन् ।
उक्त ४५ हजार नमुनामा पाँच हजार उपत्यकाबाट लिईने उनले बताए । विशेष गरेर बैंक, तरकारी-फलफुल बजार, कर कार्यलय, स्वास्थ्यकर्मी, फिभर किल्निकमा काम गर्नहरुकाे नमुना संकलन गरिने पाण्डेले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.