२०७७ असार ३१ गते १७:०६ विकासन्युज
काठमाडौं । बिहिबारदेखि काठमाडाैं उपत्यकाकाे ८ रुटमा साझाकाे गाडी चल्ने भएकाे छ । सुरक्षा विधि अप्नाउँदै साझाले काठमाडाैं उपत्यकाकाे ८ रुटमा गाडी चलाउने निर्णय गरेकाे हाे ।
साझाकाे पहिलाे रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क र दाेस्रो रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ रहेकाे छ ।
यस्तै तेस्रो रुट गोदाबरी, लगनखेल हुँदै रत्नपार्क र चाैथाे रुट लामाटार, लगनखेल हुँदै रत्नपार्क रहेकाे छ । साझाकाे पाँचाैं रुट लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट र छैठाैं रुट लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क रहेकाे छ ।
यसका साथै साताैं रुट रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु र आठाैं रुट रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.