२०७७ साउन १ गते १२:०७ विकासन्युज
काठमाडौं । सरकारले बैंकबाट पनि कर तिर्न सक्ने सुभारम्भ गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार सो सेवाको सुरुवात गरेका हुन् ।
उनले २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताले बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण पनि बुझाउन सक्ने व्यवस्थाको शुभारम्भ गरिएको गरेका हुन् ।
यस अनुसार बैंकमा भौचरसँगै करदाताले आफ्नो आय विवरण पेश गर्ने र पैसा तिर्न सक्नेछन् । वार्षिक २० लाख रूपैयाँसम्म कारोबार गर्ने त्यस्ता करदाताले बैंकबाट आय विवरण र कर रकम बुझाउने तथा विद्युतीय माध्यमबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।
सरकारले आगामी चालु वर्षको बजेट बक्तव्यमा २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमाट बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्न आय विवरणसमेत बुजाउन सक्ने व्यवस्था मिलाउने घोषणा गरेको थियो।
Copyright © 2025 Bikash Media Pvt. Ltd.