यस्ताे आयाे चालु आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठसहित)

  २०७७ साउन २ गते १५:५१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । नीति मार्फत बैंक तथा वित्तीय संस्थाले ऋणीसँग आफूखुसी सेवा शुल्क लिन नपाउने भएका छन् ।

नयाँ सीमा अनुसार वाणिज्य बैंकहरुले कुल कर्जाको ०.१५ प्रतिशत विकास बैंकहरुले १ प्रतिशत, फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुले १.५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने छन् ।

नेपाल राष्ट्र बैंकले विगत १ दशकमा १५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेकाे उनले जानकारी गराएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनलाई थप प्रोत्साहन दिने कार्यक्रम ल्याएको छ । नयाँ व्यवस्था अनुसार आगामी असार मसान्तभित्रमा मर्जर वा एक्विजिसनमा गएर एकीकृत कारोबार संचालन गरेका बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद अनुपात (सीआरआर) मा ०.५ प्रतिशत छुट पाउने भएका छन् ।

यस्तै, बैधानिक तरलता अनुपातमा १ प्रतिशत छुट दिने, बैंक तथा वित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृतको लागि लाग्ने कुलिङ पिरियड नलाग्ने र संस्थागत निक्षेपको सीमा सम्बन्धमा पनि केही सुविधा दिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने व्यवस्था गरिएकाे छ ।

त्यस्तै, सेयर धिताे कर्जाकाे सीमा बढाएर ७० प्रतिशत पुर्याइएकाे छ । जुन हाल ६५ प्रतिशत मात्रै रहेकाे थियाे ।

त्यसैगरी, कुनै पनि बैंककाे एटीएमबाट रकम निकाल्दा पैसा नकाटिने व्यवस्था गरिएकाे गभर्नर अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.