नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित

  २०७७ साउन २ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यावसायिक क्षमता अभिवृद्धितर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचन आएको र सरकारले मोबाइल सेवाको नवीकरणमा विभेद गरेको उनले बताए । नेपाल टेलिकममा ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर छ ।

माघ ०७६ मा नै फाेरजी सेवाको काम सक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको दुई लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेसनल ब्यान्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सबलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरी लागू गर्नुपर्ने माग उनीहरूको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.