२०७७ साउन ५ गते १३:४९ विकासन्युज
काठमाडौं । कर्मचारी संचयकोषका ऋणीले हिमालयन बैंकबाट ऋण तिर्न सक्ने भएका छन् । कोषका संचयकर्ताले कोषबाट लिएको ऋणको सावा र व्याज कनेक्ट आईपीएस इपेमेन्टद्वारा हिमालयन बैंक खातामा भुक्तानी गर्न सक्ने छन् ।
सो सम्बन्धि हिमालयन बैंक र कर्मचारी संचयकोषबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात कोषका संचयकर्तालाई फाइदा पुग्ने बैंकको विश्वास छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.