लकडाउनलाई थप खुकुलाे बनाउने सरकारकाे निर्णय

  २०७७ साउन ५ गते २०:४६     विकासन्युज

काठमाडाैं । सरकारले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय गरेकाे छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको बताइएको छ ।

बैठकले साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.