महासंघ पदाधिकारीको निर्णयप्रति उपाध्यक्ष ढकालको असन्तुष्टि, भन्छन्- सरकारी निर्णय मानिएन

  २०७७ साउन ९ गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी बैठकले गरेको निणर्य प्रति उपाध्यक्ष चन्द्रप्रसाद ढकालले असन्तुष्टि प्रकट गरेका छन् । बिहीबार पदाधिकारी बैठकले साउन २६ र २७ गते हुने महासंघको चुनावलाई अनिश्चितकालको लागि सार्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै महासंघ पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको थियो । त्यो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्र ढकालले असन्तुष्टि जनाएका हुन् ।

अरु देशमा पनि चुनाव भएको बताउँदै उनले कारोनाको कारण मात्रै चुनाव नराेकिएकाे बताए । ‘सरकारी निर्णय मानिएन । चुनाबी दाउपेचका आधारमा नयाँ धारणा बनाइएको ।’- ढकालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.