२०७७ साउन १२ गते ११:५३ विकासन्युज
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन ताेलाकाे १२ सयले बढेर प्रतितोला ९७ हजार ५ सय पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको हाे ।
आइतबार सुन प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य आइतबार थियो।
यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
Copyright © 2025 Bikash Media Pvt. Ltd.