२०७७ साउन १४ गते १७:१३ विकासन्युज
काठमाडौं । सरकारले कोरोना संक्रमितकाे उपचार गर्न अस्पताललाई अनुदान दिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सरकारले कोरोना संक्रमितकाे उपचार गर्न अस्पताललाई अनुदान दिने भएकाे बताएका हुन् ।
सरकारकाे असार १५ गते बसेकाे बैठकले कोरोना भाईरसको संक्रमितको उपचार गरे बापत अस्पताललाई अनुदान दिने विषय स्विकृत भएसँगै अनुदान दिने भएकाे हाे ।
यस अनुदान अन्तर्गत सरकारले ६० वर्षभन्दा माथिका सामान्य लक्षण भएका वृद्ध तथा दिर्घ रोगीलाई उपचार गर्ने अस्पताललाई प्रति व्यक्ति प्रति दिन ३५ सय र मध्यम जटिल अवस्थाका व्यक्तिहरुलाई उपचार गर्ने अस्पताललाई ७ हजार दिने निर्णय गरेकाे गौतमले बताए ।
यस्तै सामान्य लक्षण भएका र क्वारेन्टिनमा राखेर उपचार गर्ने अस्पताललाई प्रति व्यक्ति २ हजार र घरमै उपचार गर्न जानुपर्ने सामान्य लक्षण वा लक्षण नभएका व्यक्तिको हकमा भने प्रति दिन २ सय दिने उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.