२०७७ साउन १५ गते ११:४६ विकासन्युज
काठमाडाैं । सुनकाे मूल्य ताेलाकाे ९९ हजार पुगेकाे छ । बिहिबार ताेलाकाे ५ सयले बढेर प्रतितोला ९९ हजार पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।
बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य बुधबार थियो।
यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.