२०७७ साउन १८ गते १०:३७ विकासन्युज
काठमाडौं । ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । ट्राफिक प्रहरीमा कार्यरत २ जनामा कोभिड–१९ संक्रमण पुष्टी भएको हो ।
महाशाखामा कार्यरत २ जना ट्राफिकमा संक्रमण पुष्टी भएपछि महाशाखामा कार्यरत सबै दर्जाका ट्राफिक प्रहरी अन्यको सम्पर्कबाट बाहिर (क्वारेन्टिनमा) रहेका प्रवक्ता बामदेव गौतमले जानकारी दिए ।
‘यहाँ कार्यरत २ जना ट्राफिकमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ, संक्रमितहरु आइसोलेसनमा हुनुहुन्छ, अरुलाई पनि सर्यो कि भन्ने शंका गरेर हामीले महाशाखामा कार्यरत ट्राफिक प्रहरी अन्यको सम्पर्कमा नजाने तथा बाहिरका व्यक्तिहरुलाई हामीसँग सम्पर्क गर्न नदिने गरी अत्यावश्यक बाहेक सवै सेवा रोकेका छौं, तर अहिले महाशाखा प्रमुख (एसएसपी भीमप्रसाद ढकाल), म (प्रवक्ता एसपी बामदेव गौतम) सहितका व्यक्तिहरु कार्यालयमै छौं, महाशाखा निर्मलीकरण र निसंक्रमित गरेपछि मात्रै सर्वसाधारणलाई प्रदान गरिने सेवा सुचारु हुन्छ,’ प्रवक्ता गौतमले भने ।
ट्रफिकम महाशाखा अन्तरगत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरी महाशाखा अन्तरगतका ४४ वटा कार्यरत छन् । अन्य कार्यालयहरुले सेवा सुचारु गरेका छन् भने महाशाखा सिल भएको छ । महाशाखा अन्तरगत २ सय जना ट्राफिक प्रहरी कार्यरत छन् ।
२ सय ५३ प्रहरीमा संक्रमण
दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमित प्रहरीको संख्या २ सय ५३ पुगेको छ । प्रहरी प्रधान कार्यालय कार्यरत ७२ जना प्रहरीमा संक्रमण पुष्टी भएको हो ।
दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टी भएसँगै नेपाल प्रहरी अन्तरगत कार्यरत २ सय ५३ जनामा संक्रमण पुष्टी भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा संक्रमण पुष्टी भएसँगै गत शुक्रबार प्रहरी प्रधान कार्यालय निर्मलीकरण र निसंक्रमण गरिएको प्रवक्ता एसएसपी कडायतको भनाइ छ ।
‘विश्वभर संक्रमण विस्तार भइरहेको कोरोनाले २ सय ५३ प्रहरीलाई संक्रमण भएको छ, प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा पनि संक्रमण पुष्टी भएपछि हामीले गत शुक्रबार निर्मलीकरण र निसंक्रमण गरेका छौं, अन्य स्थानमा पनि संक्रमण देखिएको स्थानमा यसैगरी निर्मलीकरण र निसंक्रमण गरेर सेवा सुरु गर्ने काम भइरहेको छ,’ एसएसपी कडायतले भने ।
स्थास्थ्य अवस्था सामान्य
संक्रमित प्रहरीको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रीय प्रवक्ता कडायतले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा कार्यरत ३÷४ जना प्रहरीलाई सामान्य ज्वरो देखिएपछि परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
‘हेडक्वाटरका ३÷४ जना प्रहरीमा ज्वरो देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो, उहाँहरुको स्वास्थ्य अवस्था पनि सामान्य नै छ, अन्य संक्रमितमा पनि अहिलेसम्म कोरोना संक्रमणको लक्ष्यण समेत देखिएको छैन, स्वास्थ्य अवस्था सामान्य छ,’ एसएसपी कडायतले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.