काेराेना नियन्त्रणमा असहयोग गर्ने ७७३ जनालाई कारवाही

  २०७७ साउन २० गते ११:२९     विकासन्युज

चितवन । जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।

जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारी साधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उहाँले बताउनुभयो । जनही १ सय देखि ५ सयका दरले जरिवाना गरी उनीहरुलाई छाडिएको छ । कारवाहीबाट ८३ हजार ५०० सङ्कलन भएको थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.