२०७७ साउन २१ गते १०:०० विकासन्युज
काठमाडाैं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ ।
एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ । याेसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ।
एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.