सरकारले देशका यी १४ ठाउँमा निषेधाज्ञा गर्यो, फेरि लकडाउन हुने सम्भावना कति ?

  २०७७ साउन २१ गते १५:४२     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रति दिन बढ्दै गएपछि सरकारले देशका विभिन्न १४ ठाउँमा निषेधाज्ञा गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै देशका विभिन्न १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको हो ।

कतिपय जिल्लामा भने अर्को सूचना नआएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । भने कतिपय जिल्लामा भने समयावधि तोकिएको छ ।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

सप्तरी जिल्लाभरि साउन २० गतेबाट जिल्लाभरी निषेधाज्ञा जारी गरि २६ गते खुलाइने जनाइएको छ । त्यस्तै धनुषामा भने जनकपुर उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा साउन १९ गते सोमवारबाट निषेधाज्ञा जारी गरि साउन २५ गते अन्त्य गरिने भएको छ ।

त्यस्तै नुवाकोटमा साउन ११ गतेबाट जारी भइ अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । नुवाकोटको पूर्वमा बोहोरे भञ्ज्याङदेखि पश्चिममा नयाँ चौतारासम्म र उत्तरमा बागेश्वरी भञ्ज्याङदेखि दक्षिणमा पोखरी डाँडा, हिलेटोलसम्म निषेधाज्ञा जारी गरिएको हो ।

यो सँगै अब लकडाउन हुने सम्भावना पनि बढ्दै गएको छ । दिनप्रतिदिन कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकार लकडाउनको तयारीमा जुटेको बुझ्न सकिन्छ । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले केही विज्ञहरुसँग कोरोना भाइरस न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गरेका थिए ।

उनलाई विज्ञहरुले दुई हप्तासम्म कडा खालको लकडाउन गर्न सुझाव दिएका छन् । यसले पनि देशमा फेरि लकडाउन हुन सक्ने सम्भावना बढेको हो ।

यी हुन् निषेधाज्ञा गरेका १४ जिल्लाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.