अब ग्राहकहरुलाई बैंकमा गएर सेवा लिने समय हुँदैन: सीईओ भण्डारी

  २०७७ साउन २१ गते १७:१२     विकासन्युज

सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत-कुमारी बैंक लिमिटेड

कुमारी बैंक र सुरेन्द्र भण्डारीबीचको सम्बन्ध एउटै सिक्काका दुई पाटा जस्तो छ । स्थापनासँगै एक दशक कुमारी बैंकमा बिताउनु भएका भण्डारी केही वर्ष सिद्धार्थ बैंकको सीईओ हुनुभयो । तीन वर्षअघि फेरि उहाँ कुमारी बैंकमा नै फर्किनु भयो । देव विकास बैंकलाई प्राप्तिपछि कुमारी बैंक पनि ठूलो बाणिज्य बैंकको रुपमा स्थापित भएको छ । १२ अर्ब ५२ करोड चुक्ता पुँजी, १२० अर्ब निक्षेप, ११२ अर्ब कर्जा लगानी, २०६ शाखा, १० लाख भन्दा बढी ग्राहकसहित दह्रिएको कुमारी बैंक फेरि पनि मर्जको कुरा गर्दैछ । प्रस्तुत छ कुमारी बैंकको आगामी यात्रा र बैकिङ क्षेत्रका समसामहिक विषयमा सुरेन्द्र भण्डारीसँग गरिएको विकास वहस ।


दुई दशकदेखि कुमारी बैंकले हाँसिल गरेका उपलब्धिहरुलाई तपाई कसरी समिक्षा गर्नुहन्छ ?/बैंकका प्रमुख उपलब्धिहरु के–के हुन् ?

आजभन्दा २० वर्ष अगाडि कुमारी बैंक स्थापना भएको हो । २० वर्ष अगाडि स्थापना गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि म नै हुँ । त्यतिखेर हामीले कुमारी बैंकलाई नयाँ स्रोत र स्वरुपका साथ अगाडि बढाएका थियौं । त्यतिखेर मास बैंकिङ र डिजिटलाइजेसनमा कसरी जाने भन्ने कुरालाई हामीले प्राथमिकता दियौं ।

त्यही क्रममा सन् २००१/०२ तिर हामीले नेपालमा पहिलो पटक मोबाइल बैंकिङ रइन्टरनेट बैंकिङ पनि सुरु गरेका थियौं । अनलाइनबाटै सपिङ गर्न सकिने, अनलाइनबाटै ब्यालेन्स चेक गर्न सकिने व्यवस्था पनि हामीले गर्यौं । यी सबै दुई दशक पहिले नै सुरु भएको अवस्था हो । कुमारी बैंकको ग्रोथ सबै कुरा राम्रो नै गइरहेको थियो । बीचमा आएर कुमारी बैंकको जुन प्रोग्रेस हुनु पर्ने थियो त्यो अलि कम भयो ।  म त्यो बीचमा कुमारी बैंकमा थिइन । बीचमा केही लस भएको जस्तो भएको थियो । विगत ३ वर्षदेखि म फेरि कुमारी बैंकमा छु । अहिले प्रोग्रेस भइरहेको नै छ ।

जब कुमारी बैंकले तपाईलाई गुमायो त्यसपछि कुमारी बैंक पछाडि पर्याे भन्न खोज्नु भएको हो ?

मैले त्यस्तो भन्न त खोजेको होइन । एउटासंस्था एक जनाले चल्दैन ।संस्थामा जस्ता मानिसहरु छन्, संस्था पनि त्यस्तै हुन्छ । पुरै टीमले काम गरेको अवस्थामा मात्र संस्थाको वृद्धि विकास हुन्छ । सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ नकी एउटा सीईओले गर्दा केही पनि हुन सक्दैन । मैले इम्पावरमेन्ट मात्र गर्ने हो ।

काम हाम्रो टीमले गर्ने हो ।सबै काम मैले मात्र गर्छु भनी सोच्यो भने उपलब्धि केही पनि हुन सक्दैन । कलेक्टीभ फोर्स र कलेक्टीभ इनर्जीले नै हामी अगाडि बढ्न सक्छौं । विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि कुमारी बैंकको ग्रोथ राम्रै भएको छ । हाम्रा सम्पूर्ण वित्तीय परिसूचकहरु राम्रो नै छन् । बजारमा हाम्रा नयाँ प्रडक्टहरु पनि लिएर आएका छौं । बैंकको प्रोगेस पनि राम्रै छ । आफ्नै रफ्तारमा बैंक गइरहेको छ ।

तपाईले बैंक ग्रोथमा छ, सबै इण्डिकेटरहरु राम्रा छन् भन्नुभयो । कुमारी बैंकको स्ट्रेन्थ वा राम्रा सूचकहरु के–के हुन् ?

कुमारी बैंककोसबैभन्दा बलियो पक्ष ह्युमान रिसोर्स हो । जुन सिस्टम र प्रोससका साथ हामी काम गर्छौं त्यो एकदमै ट्रान्सपरेन्सी छ । त्यो भइसेकपछि बिजनेस त त्यसबाटै जितिन्छ । त्यो कुरामा राम्रो भयो भने ग्रोथ आफै भएर आउँछ । हामीले देव विकास बैंकलाई पनि एक्वायर गर्यौं । हामसँग २ सय ६ वटा शाखाहरु छन् । १४/१५ वटा एक्सटेन्सन काउन्टरहरु छन् । त्यस्तै, हाम्रो निक्षेप १ सय २० अर्ब रुपैयाँ रहेको छ भने कर्जा १ सय १२अर्ब रुपैयाँ छ । दुई हजारको हाराहारीमा कर्मचारीहरु छन् । हाम्रो लगानी राम्रोर सुरक्षित क्षेत्रमा छ । पहुँच देशभर छ । प्रविधिमा धेरै अगाडि बढिरहेको छ । हामी लक्ष्य र सोच प्राप्त गर्दै अगाडि बढिरहेका छौं र आगामी दिनमा पनि अझ बलियो भएर जानेछौं ।

कुमारी बैंकको एक दशक अगाडिको स्ट्रेन्थ भनेको थोरै शाखा, थोरै कर्मचारी, थोरै सञ्चालन खर्च र प्रतिस्पर्धी वासलात थियो । त्यतिबेलाको तुलनामा अहिले कर्मचारीको संख्या र बैंकका शाखाहरुको संख्या ओभर क्लाउडेड भएन ?

अहिलेबैंक तथा वित्तीय पहुँच बढेको छ । नयाँ उद्यमीहरु पनि बढी आएका छन् । बैंक तथा वित्तीय संस्था बढी भएकै र सबैमा वित्तीय पहुँच र ज्ञान भएकै कारण नयाँ उद्यम गर्ने सोच विचारहरु आएका छन् । जुन राम्रो पक्ष हो । हाम्रो विजनेश पनि पहिला भन्दा धेरै ठूलो भएको छ । शाखाहरु बढी भएर धेरै फाइदाहरु भएका छन् । देव विकास बैंबलाई एक्वायर गर्दा पनि शाखा बढी भएकोले नयाँ ठाउँमा आफ्नो पहुँच बढाएका छौं । नयाँ र धेरै ग्राहक बनाउन सकिरहेका छौं । हामीसँग अहिले १० लाख ग्राहकहरु छन् । अझ यसलाई एक्विजिसन र मर्ज गराएर १० लाख मात्र ग्राहक होइन २० लाख नै हुन सक्छन् ।

कुमारी बैंकले देव विकास बैंकसहित धेरै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्वायर गरेको छ । यसले कुमारी बैंक सीनर्जी दिइरहेको छकि एक्वाएर पछि कुमारी बैंक आफै रुम्मलिरहेको छ ?

३ वर्ष अगाडिको कुरा गर्नु हुन्छ भने बैंकको लेण्डिङ ४२ अर्ब र डिपोजिट ५० अर्ब रहेको थियो । देव विकाससँग एक्विजिसन भइसकेपछि तीन वर्षमा डिपोजिट डबल भइसकेको अवस्था छ । यो कहाँबाट आयो त ?जब हाम्रो नेटवर्किङ भयो । कर्मचारीहरुको संख्या बढ्यो । नयाँ ठाउँहरु हामीले पायौं त्यसले गर्दा हामीले यो ग्रोथ लिन सक्यौं । हामी हाम्रो पुरानै शाखाहरुमा बसेको भए यति चाँडै यस्तो फड्को मार्न सक्थेनौं ।

तपाईको अबको याजना के हो ?

अब बैंकको फोकस डिजटल ओरिन्टेसनमा हो । कोरोना भाइरसले पनि प्रविधिमा जानुपर्छ भन्ने कुरा सिकाएको छ । त्यसले पनि बैंकहरुले मुभ गर्नैपर्छ । हामीले डिजिटल माध्यमबाट कसरी अगाडि बढ्न सक्छौं भनेर योजनाबद्ध तरिकाले अगाडि बढ्दै छौं । त्यसको लागि हाम्रो रोडम्याप र भिजन तयार पनि हुँदैछ । संस्था सर्भिस प्रोभाइडर र हाम्रा ग्राहकलाई लाभ तथा आकर्षक गराउने हिसावले हामी हाम्रा योजनाहरु बनाउँदैछौं । हामी छिट्टै नै नयाँ कुराका साथ अगाडि आउँछौं।

अबको एक दशकपछि नेपालको बैंकिङ क्षेत्रमा के कस्तो रुपान्तरण होला जस्तो लाग्छ तपाईलाई ?

मैले देखेकको अबको दश वर्षपछि क्यासलेस इन्भाइरोमेन्ट बन्छ । शाखाहरु पनि त्यति धेरै नचाहिएला । सबै अटोमेटिक सर्भिस अपरेटमा जान्छन् । विदेशमा पनि यस्तै भइरहेको छ । पहिले बैंक भनेपछि ठूलो स्ट्रोथ बिल्डीङ हुन्थे, अब त्यस्तो हुँदैन । भोलिको दिनमा बैंक भनेपछि प्रविधिका सामग्रीहरु देख्नुहुन्छ । विश्वभर यस्ता परिर्वतन भइरहेका छन् । अबको दश वर्षमा नेपालमा पनि त्यस्तो अवश्य नै हुन्छ । ग्राकहरुलाई पनि बैंकमा गएर सेवा लिने समय हुँदैन । २० वर्षमा त यति परिवर्तन भइसक्यो अर्को १० वर्षसम्म त धेरै परिवर्तन हुन्छ ।

१० वर्षपछि जनशक्तिमा कस्तो किसिमको परिर्वतन आउला ?

अहिले हामीसँग जुन जनशक्ति छ, यसले नै भोलि नेपालमा परिवर्तन ल्याउँछ ।यही जनशक्तिले प्रविधियुक्त नेपाल बनाउन भूमिका खेल्छ । त्यो पपुलेसनले भोलि नेपालमा नयाँ सोच र नयाँ आइडियाहरु सिर्जना गर्छन् ।

डिजिटल प्रविधिमा जाने तपाईको योजना र तपाईले अहिले व्यवहारिक रुपमा गरेको अभ्यासबीच तालमेल छ ?

एकदमै तालमेल छ । मैले के भनेको हो भने बैंकको आफ्नो संरचना त अवश्य रहन्छ नै । तर, त्यसको शाखाहरु हराउँछन् । यसको हेड अफिस त भव्य नै रहन्छ । यसका सर्भिस आउलेटहरु बन्द हुन्छन् । एटीएमहरु पुरै विस्तापित हुन्छन् ।

बैंकरले जुन किसिमलेसेवा सुविधा दिन खोजिरहेका छन् त्यसलाई ग्राहकले सजिलै एडप्ट गरेका छन् ?

हामीले हाम्रा ग्राहक तथा प्रयोकर्ताहरुलाई पनि डिजिटल प्रविधिमा इंगेज गर्नुपर्ने छ । पहिले बैंक आफै इंगेज हुनुपर्यो । त्यसपछि सर्भिस प्रोभाइडरहरु त्यसमा सक्षम हुनुपर्यो र हाम्रा ग्राहकहरु पनि त्यो सुविधालाई पनि लिन सक्नुपर्यो । हामी सबै इंगेज भइसकेपछि त्यसमा सबैले खेल्न सक्नु पर्यो । त्यसका लागि बैंकहरुले पनि भूमिका खेल्नुपर्छ । ग्राहकहरुले पनि विस्तारै हाम्रा सेवा सुविधाहरु प्रति जानकार र आकर्षण पनि बढ्दै गएको छ ।

बैंकहरुले धेरै पहिलेदेखि इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका प्रविधिगत सेवा सुरु गरेका थिए । तर त्यसमा प्रयोगकर्ताको आकर्षण खासै देखिएन । त्यसको प्रयोग गर्नको लागि कोभिड आउनु पर्यो । बैंकहरुले प्रडक्ट बनाइरहेका त छन् तर त्यसलाई उचित किसिमले मार्केटिङ गर्न सकिरहेका छैनन, किन ?

तपाईको प्रश्नमा म सहमत छु । प्रयोगकर्तालाई हाम्रो प्रडक्टहरुमा हामीले इंगेज गर्नुपर्छ । उनीहरुलाई प्रडक्टमा आकर्षण गराउनका लागि हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्छ । हामीले त्यो काम पनि गरिनै रहेकाछौं । यो सबै विस्तारै सिक्दै गर्दै जाने कुरा हो । प्रयोगकर्ताले पनि जान्दै र बुझ्दै गएका छन् ।

समग्र बैंकिङ क्षेत्रकोट्रेण्डको कुरा गरौं, बैंकका प्रयोगकर्ताहरु र बैंकहरुले दिने सर्भिसमा के कसरी डेभलप भइरहेको छ ?
हामीले अझ पनि धेरै काम गर्न बाँकी नै छ । अहिले पनि हामी डिजिटलाइजेसनको एकदमै लो स्टेपमा छौं । हामी त अहिले डिजिटलमा पेमेन्ट मात्र गरिरहेका छौं । अनलाइन ट्रान्जेक्सनमा मात्र छौं । अब विस्तारै सबै बैंकहरुले रोडम्यापहरु तयार गरिरहेका छन् । अब कसरी जाने भन्नेबारे सबैले आफ्नै खालका योजनाहरु बनाइरहेका छन् ।

अब अवस्थाको बारेमा कुरा गरौं । अस्वभाविक रुपमा बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेका छन् । कल एकाउण्टमा त ब्याज नै छैन । यो नर्मल अभ्यास हो ?

यसलाई अस्वभाविक भन्न मिल्दैन ।सबैभन्दा पहिले त निक्षेपको ब्याज पहिले किन बढेको थियो र अहिले किन घट्यो भन्ने कुरा हामीले अध्ययन गर्नुपर्छ । जब बजारमा डिपोजिट सरप्लस हुन्छ कष्ट अफ गुड्स आफै कम हुन्छ । जब टाइट हुन्छ त्यसको कष्ट बढ्दै जान्छ । यही फण्डामेन्टल पनि यसमा लागु हुन्छ । अहिले पनि स्वभाविक रुपमा त्यस्तै भएको हो । कमोडिटको कुरा गर्दा पनि कमोडिटी सरप्लस छ भने मूल्य त घटेर नै आउँछ । फण्डामेन्टल त्यही लागू भएको हो ।

सेयर बजारको इक्डेक्स तलमाथि भएजस्तै बैंकको ब्याजदर पनि त्यस्तै उच्च दरमा तलमाथि हुनुलाई सामान्य नियम भन्न मिल्छ ?

मिल्दैन । त्यहाँ अन्य फन्डामेन्टलहरुले पनि काम गरिरहेका हुन्छन् । तरलता प्रयाप्त छ भने कष्ट अफ डिपोजिट घट्छ र कष्ट अफ लेण्डिङ पनि घटेर नै जान्छ । बजारमा तरलता छैन उद्योगले पैसा मागिरहेको छ भने पनि उद्योगलाई पनि हाई कष्टमा पैसा लैजान्छ र डिपोजिट पनि हाइकष्ट मै हाल्छ । त्यसैले आजका दिनमा बजारमा तरलता प्रयाप्त भएकोले कष्ट घटेको हो ।

आजको दिनमा तपाईले मुद्दती निक्षेप कतिमा लिइरहनु भएको छ ?

हामीले ६/७ प्रतिशतमा लिइरहेका छौं ।

ढेड वर्षअघि १३ प्रतिशतमा कुमारीले नै निक्षेप लिएको थियो । अहिले ६ प्रशितमा झरेको छ । विदेशमा ०.५ वा एक प्रतिशत व्याजदर घटबढ हुनुलाई पनि ठूलो परिवर्तन मानिन्छ । तर नेपालका किन यस्तो अश्वाभाविक रुपमा व्याजदर परिवर्तन भएका छन् ?

 

अर्थतन्त्रकाे लागि ब्याजको मुभमेन्ट०.५ र १ प्रतिशतभन्दा बढी घटबढ हुनु राम्राे हुँदैन । तर नेपालमा यसको कारणहरु धेरै छन् । आज डिपोजिट दर घटिरहेको छ र लेण्डिङ रेट पनि घटिरहेको छ । केही दिन हामीले पर्खेर बस्नु पर्ने हुन्छ । बैंकको संख्याहरु धेरै छन् । हामीले चाँडै रियाक्ट गर्छौं ।

बैंकको ब्याजदरमा जुन किसिमको अस्थिरता सिर्जना भइरहेको छ यसमा बैंकका अपरेटरहरु अर्थात सीईओहरु नै जिम्मेवार छैनन् ?

यसमा बैंकिङ क्षेत्रको कमजोरी पनि छन् । मेरो व्यक्तिगत धारणा लिनु हुन्छ भने यो किसिमको उतारचढाव हुनै हुँदैन । यस्तो खालको परिवर्तन आउनु पर्छ भने पनि ३/४ वर्षमा आउनु पर्छ । हाम्रोमा त २ महिनामै आउँछ ।

मर्जको बारेमा कुमारी बैंकले के सोचिरहेको छ ?

हामीले पहिले मर्ज र एक्विजिसन पनि गर्यौं । आउने दिनहरुमा पनि हामी तयार भएर बसेका छौं ।जो सँग हाम्रो कल्चर र विजनेस मिल्छ हामी मिल्न सक्छौं । हामी त्योसँग मिल्न तयार हुन्छौं ।

फेरि पनि पहिलेको जस्तै डिभलोमेन्ट बैंक अर्थात फाइनान्स कम्पनीलाई एक्वायर गर्नुहुन्छ कि वाणिज्य बैंकहसँग मर्ज हुने हो ?

ए क्लास अर्थात बी क्लास जहाँ हाम्रो कम्बिनेसन मिल्न उनीहरुसँगै मिल्छौं । हाम्रो बोर्ड पनि त्यसको लागि ओपन छ र हाम्रो मर्ज कमिटी पनि ओपन छ र म पनि झनै ओपन छु । मेरो धारणा देशमा बैक तथा बित्तीय संस्थाको संख्या कम हुनु पर्छ भन्ने हो ।

अब लगानीकर्ताको साइडबाटहेरौं,कुमारी बैंकका लगानीकर्ताहरु कतिको खुसी छन् ?

त्यो मैलेभन्दा पनि तपाईहरुले बुझ्नु पर्ने कुरा हो । मेरो सोच भनेको बैंकले आफ्नो पूर्ण क्षमता देखाएर काम गर्ने हो । हामीले नियामक निकायहरुका अगडि राम्रो संस्था भनेर चिनाउनु पर्छ र त्यही अनुसार अगाडि बढ्नुपर्छ । लगानीकर्ता, कर्मचारी र ग्राहकहरुका लागि पनि हामीले राम्रो संस्था बनाउने हो ।त्यही अनुसारको भिजन बनाएर अगाडि बढ्ने हो । यी ४ कुराहरुलाई लिएर अगाडि बढ्ने हो हामीले कति उपलब्धि हाँसिल गरिरहेका छौं त्यो तपाइहरु जस्तो मान्छेले मूल्यांकन गर्ने हो ।

कुमारी बैंक २० वर्ष पुरानो वाणिज्य बैंक हो । अहिले यसको सेयर मूल्य २ सयभन्दा तल छ । यो सेयर मूल्यले त तपाईहरुलाई लगानीकर्ताले पत्ताएको जस्तो त देखिँदैन नि ?

त्यो भन्ने तपाइले हो । हाम्रो उदेश्य राम्रोसँग काम गर्दै जाने हो । राम्रै काम गर्दै गएपछि त्यसको रिर्टन पनि अवश्य नै आउँछ । विगत दुई वर्षदेखि हाम्रो राम्रै नै भइरहेको छ ।हामी एउटा उदेश्य लिएर अगाडि बढेका छौं । यो सोचले हामीलाई डेस्टिनेसनमा पुर्याउँछ । हामीले बैंकको पर्फमेन्स राम्रो गर्ने बित्तिकै लगानीकर्ताको रिर्टन आफै आउँछ ।

कुमारी बैंकका लगानीकर्ताले अर्को वर्ष कति लाभांश पाउँछन् ? 

अर्को वर्ष कति लाभांश पाउँछन् भन्ने कुरा अहिले नै जवाफ दिन मिल्दैन । मौद्रिक नीतिमा आएका प्रोभिजनहरुलाई मिलाएर गर्नुपर्ने हुन्छ । हामीले कहाँबाट कसरी ग्रो भइरहेको छ भन्ने कुरा हेर्नुपर्छ । सबै बिजनेस एक्कासी हाई भएर जाँदैन, विस्तारै ग्रो हुँदै जान्छ । वर्षेनी बढाउँदै जाने हो । बैंकिङ भनेको रिक्सको क्षेत्र पनि हो । यी सबै कुराहरुलाई अध्ययन गरेर अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्यो भने लगानीकर्ताहरुले चाहेको रिर्टन दिन सकिन्छ ।

राष्ट्र बैंकले असोजमा पनि कर्जा नउठेमा कर्जाको ५ प्रतिशतका प्रोभिजन गर्नुभनेको छ । त्यसले बैंकहरुको नाफामा निकै असर गर्छ अड्कलबाजी पनि गरिएको छ ।यसमा तपाईको धारणा के हो ?

हो, अवश्य असर धेरै नै पर्नेछ । अहिले अर्थतन्त्र स्ट्याण्डमै छ । यो समय आफूलाई जोगाउने समय हो । बैंकले ग्राहकलाई जोगाएपछि बैंक पनि आफै जोगिन्छ । यो रिर्टन हेर्ने बेला होइन । कोरोनाको असर अझै कहाँसम्म जान्छ भन्ने कुरा भन्न सकिन्न । त्यसैले अहिले हामी सुरक्षित हुने कुरा हो । अर्थतन्त्रमा अहिले धेरै असर त गरेको नै छ तर हामीले सुरक्षित ल्याण्डिङ गर्ने हो । टेक अफ गर्ने समय त आउँछन नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.