२०७७ साउन २१ गते २२:२८ विकासन्युज
मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको मंगोलियाको केन्द्रीय बैंकले जनाएको छ ।
मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ ।
विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ । विदेशी मुद्रा संचिति अर्थात ढुकुटीमा पैसा धेरै भएपछि सुन किनेकाे उक्त बैंकले जनाएकाे छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.