२०७७ साउन २२ गते ११:३२ विकासन्युज
काठमाडौं । खाजदेखि देशका ८ जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागु भएको छ । बुधबार गृह मन्त्रालयले एक सूचना गर्दै २ सयभन्दा बढी कोरोना संत्रमित भएका जिल्लाहरुमा जोर बिजोर प्रणाली लागु हुने बताएसँगै विभिन्न ८ जिल्लामा मात्रै सो नियम लागु हुने भएको हो ।
आजदेखि जोर विजोर प्रणाली लागु हुने जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, डोटी, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । यी जिल्लाहरुमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न पनि पाइने छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.