अब वाणिज्य विभागमा पनि अत्यावश्यक बाहेकका काम नहुने

  २०७७ साउन २५ गते १५:२८     विकासन्युज

काठमाडाैं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेका आयात इजाजत सिफारिस दिने सेवा स्गथगित गरेकाे
छ ।
आज एक सूचना जारी गर्दै विभागले कार्यालयमा सेवाग्राहीका कारण हुने भिडले कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै केही सेवाहरु भदौ ८ सम्मका लागि बन्द गरेकाे बताएकाे हाे ।

‘नयाँ प्राइभेट फर्म र साझेदारी फर्म दर्ता, अत्याश्यकबाहेक अन्ज्य व्यापारमुलुक प्रकृति भएका प्राइभेट कम्पनीको इजाजत सेवा स्थगन गरिएको छ, परिसरमा भिडभाड हुन नदिन प्राइभेट फर्म र साझेदारी फर्म नवीकरण,संशोधन र खारेजी तथा एजेन्सी नवीकरणको काम भने दिनको २० वटा मात्रै गरिने छ,’ सूचनामा भनिएकाे छ ।

सूचनामा बजार अनुगमन, अत्यावश्यक आयात निर्यात अनुमति तथा इजाजत र मुद्धाको कार्य भने निरन्तर रहने उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.