अदालतले भन्याे: सुशिल भट्टलाई तत्काल काम गर्न नदिनु

  २०७७ साउन २७ गते १६:३४     विकासन्युज

काठमाडाैं । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई तत्काल काम गर्न रोक लगाउने आदेश गरेको छ। अदालतले भट्टलाई हालका लागि सिइओका रूपमा कुनै पनि काम नगर्न आदेश गरेको हो।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो।

‘भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराएकाले अर्को छलफल नभएसम्मका लागि लगानी बोर्ड प्रमुखको हैसियतमा कुनै पनि कार्य नर्गनू/नगराउनू,’ उच्चको आदेशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.