२०७७ साउन ३२ गते १८:०० विकासन्युज
काठमाडौं । र्दुइ वर्ष अगाडि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै फेरि एक पटक ‘डिजिटल आन्दोलन’ चर्केको छ । अहलिे जतातै अर्थात ठूला नेताहरुको तस्वीरमा जष्टिस फर निर्मला कमेन्ट गर्दै आन्दोलन चर्केको हो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा बादल, अन्य मन्त्रीहरु लगायत नेता तथा सेलिब्रेटीहरुको फेसबुक प्रोफाइल पिक्चरमा जस्टिस फर निर्मलाु भन्दै कमेन्ट गर्न थालिएको हो ।
दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई न्याय दिनुपर्ने माग त्यतिबेलैदेखि उठिरहेको छ।
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाका दोषी हालसम्म पत्ता लाग्न सकेका छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.