तीन दिनभित्र सबै कर्मचारीको कोरोना बीमा गराउनु, बिरामी बिदाको तलब नकाट्नु- धितोपत्र बोर्ड

  २०७७ साउन ३२ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्ना संचालक तथा सबै कर्मचारीको कोरोना बीमा गराउन पुँजीबजारसँग सम्बन्धित संस्थालाई निर्देशन दिएको छ । बोर्डले आज (साउन ३२ गते) एक पत्र जारी गर्दै अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सबै धितोपत्र व्यवसायीहरुलाई तीन दिन भित्र सबै कर्मचारीको कोरोना बीमा गराउन निर्देशन दिएको हो ।

यससँगै उक्त संस्थाले अनिवार्य रुपमा संस्थाकै खर्चमा तीन दिनभित्र कोरोना बीमा गराई उक्त जानकारी बोर्डमा पेश गराउनु पर्ने छ । कोभिड १९ भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षा प्रदान गर्न बोर्डले उक्त निर्देशन दिएको हो ।

त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने व्यवस्था मिलाउन बोर्डले जनाएको छ ।

साथै, कोभिडको लक्षण देखिएका बिरामी कर्मचारी बिदामा बस्नु परेमा निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन बोर्डले उक्त संस्थाहरुलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.