तारागाउँ रिजेन्सीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

  २०७७ भदौ ३ गते ११:३७     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सबै काम गर्न होटल्सले उक्त क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै एनआईसी एशिया क्यापिटलले भदौ ७ गते आइतबारदेखि कम्पनीको सेयर रजिष्ट्रारको काम गर्ने छ । जसअन्तर्गत धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी काम हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.