२०७७ भदौ ४ गते १६:२८ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको १७४, ललितपुरको १८ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २१८४, ललितपुरमा ३६७ र भक्तपुरमा १८० संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २६९९ पुगेको छ।
आज देशभर ७ सय ७ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.